काठमाडौँ । गतिशील सहकारीका अध्यक्ष बलराम पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
ललितपुरको इमाडोलबाट पक्राउ परेका पाठकविरुद्ध थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



















