काठमाडौँ । सम्पत्ति शुद्धीकरण प्रकरणमा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्ने निर्णय भएको छ।
काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासमार्फत म्याद थपको अनुमति दिएको हो।
भट्ट चैत १९ गते र अग्रवाल चैत २१ गते पक्राउ परेका थिए।



















