बिहिबार, बैशाख १०, २०८३
अवैध गतिविधि नियन्त्रण गर्न कास्की प्रहरी सक्रिय, ८२ जना लागुऔषध सेवनकर्ता पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्की र मातहतका युनिटले पोखराका विभिन्न क्षेत्रमा गए राति संयुक्त रूपमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरेका छन्। अप्रेसनका क्रममा १२२ जनालाई नियन्त्रणमा लिइएको छ।

प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ परेकामध्ये ८२ जनाले लागुऔषध सेवन गरेको भेटिएको छ। बैदामबाट ३९, रामबजारबाट ४०, शिशुवाबाट २०, बगरबाट १२ र जिप्रका आसपासबाट ११ जनालाई नियन्त्रणमा लिइएको हो।

यसअघि पनि लेकसाइड क्षेत्रमा पर्यटकलाई दुःख दिने तथा ठगी गर्ने व्यक्तिहरूमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय