काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को अधिवेशन स्थगित गर्नुभएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ वैशाख ८ गतेको सिफारिसमा संसद् अधिवेशन बोलाइएको भए पनि पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सो अधिवेशन हालका लागि स्थगित गरिएको हो।
राष्ट्रपति कार्यालयका अनुसार विशेष कारणका आधारमा उक्त निर्णय लिइएको हो।




















