काठमाडौँ । सुर्खेतको बराहताल गाउँपालिका–४ तरङ्गाबाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा ५३ वर्षीय शेरबहादुर राना रहेका छन्।
अवैध भरुवा बन्दुक लुकाइछिपाइ राखिएको गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोस्ट तरङ्गा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको टोलीले उनलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो।
रानामाथि हातहतियार तथा खरखजना कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















