काठमाडौँ । नेपाल र बङ्गलादेशबीच आर्थिक सहकार्य बढाउने उद्देश्यले रङ्गपुरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा राजदूत घनश्याम भण्डारीले व्यापार, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा सहभागी बङ्गलादेशी अधिकारी तथा व्यवसायीहरूले पनि दुई देशबीचको व्यापारिक सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा उद्योगी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।



















