काठमाडौँ । दशरथ रंगशालामा बनाइएको होल्डिङ सेन्टरमा २३ सुकुम्बासी परिवारको विवरण संकलन गरिएको छ। थापाथली र गैरीगाउँबाट आउने क्रम अझै जारी छ।
होल्डिङ सेन्टरमा बस्नेहरूका लागि प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने थप उपचारका लागि महानगरका स्वास्थ्य केन्द्रहरू खुला राखिएका छन्।
घरवारविहीन बनेका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा सारिएको छ भने ८ जना परिवारको प्रतीक्षामा रंगशालामै छन्।



















