काठमाडौँ । पर्वत जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको उपचारका क्रममा आज प्रदेश अस्पताल पर्वतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार लामिछाने घरभित्र बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा घाइते भई बेहोस भएकी थिइन्।
उनलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको हो।



















