काभ्रे । शनिबारको वर्षापछि विभिन्न स्थानका डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध बनेको छ । शनिबार दिउँसो ४ बजेदेखि बन्द राजमार्गका कारण सयौं यात्रु अलपत्र परेका छन् ।
राजमार्ग तत्काल खुल्ने सम्भावना नरहेपछि रोशी खोलामा फसेका यात्रुहरूलाई स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीले फलफूल, चाउचाउ, पानीलगायत राहत सामग्री वितरण गरेका छन् ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सडक खुलाउन अझै समय लाग्ने देखिएको छ र सम्भवत: आइतबार साँझसम्म पनि यातायात सञ्चालनमा समस्या हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ ।



















