आइतबार, बैशाख १३, २०८३
एकैदिन सुन २७ सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा साताको सुरुवातसँगै सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।

आइतबार सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्दै २ लाख ९९ हजार २ सय रुपैयाँ पुगेको हो।

यसअघि शुक्रबार सुनको मूल्य २ लाख ९६ हजार ५ सय रुपैयाँ रहेको थियो, जसबाट निरन्तर उकालो प्रवृत्ति देखिएको छ।

१० ग्राम सुनको मूल्य पनि बढेर २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ पुगेको छ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय