सोमबार, बैशाख १४, २०८३
कैलालीमा २० वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

काठमाडौँ । कैलालीमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डडेल्धुरा अमरगढी नगरपालिका–२ का ३१ वर्षीय सुरेश अवस्थीलाई गएराति पक्राउ गरिएको हो।

उजुरीका आधारमा उनले धनगढी उपमहानगरपालिका–४ स्थित संजोक होटलमा ती महिलामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय