सोमबार, बैशाख १४, २०८३
मन्त्रिपरिषद्का महत्त्वपूर्ण निर्णय: एपीएफमा नयाँ आईजी नियुक्त, भन्सार नियमावली स्वीकृत

काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्दै व्यापारिक गतिविधि सञ्चालन गर्न सक्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यस सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ।

बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख (आईजी) मा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यसका साथै मन्त्रिपरिषद्ले भन्सार नियमावली २०८३ स्वीकृत गरेको छ।
उता, त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान हटाउने कुनै योजना नरहेको सरकारका प्रवक्ता पोखरेलले स्पष्ट पारेका छन्। लिज सम्झौता सकिएकाले नयाँ ढङ्गले नवीकरण गर्ने विषयमा सकारात्मक छलफल भएको उनले बताए।

सिफारिस

ताजा समाचार

लोकप्रिय