सोमबार, बैशाख १४, २०८३
क्यूआरयुक्त लाइसेन्सको स्टाटस अब मोबाइलमै: नागरिक एपमा नयाँ सुविधा

काठमाडौँ । अब ड्राइभिङ लाइसेन्स छापिएको छ कि छैन भन्ने जानकारी नागरिक एपबाटै पत्ता लगाउन सकिने भएको छ। सुरक्षण मुद्रण केन्द्रले छापेका कार्डहरू यातायात व्यवस्था विभागले सम्बन्धित कार्यालयमा पठाउन थालेसँगै एपमा यो सुविधा समावेश गरिएको हो।

नागरिक एपको भर्सन २.०.९५ अपडेटपछि ‘सवारी चालक अनुमतिपत्र’ सेक्सनमा गएर लाइसेन्सको स्थिति हेर्न सकिन्छ। कार्ड तयार भइसकेको अवस्थामा प्रयोगकर्तालाई लिन आउनुपर्ने सूचना देखिन्छ।

कार्ड तयार नभएको खण्डमा भने कुनै जानकारी देखिँदैन। यो सेवा हाल एन्ड्रोइडमा मात्र उपलब्ध रहेको र आईओएसका लागि पनि चाँडै सार्वजनिक गरिने बताइएको छ।

सम्झौताअनुसार १२ लाख क्यूआरयुक्त लाइसेन्स छाप्ने काम पूरा भइसकेको छ, जसमध्ये ६ लाख ७० हजार कार्ड वितरणका लागि पठाइसकिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय