काठमाडौँ । भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएका छन्। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उनलाई नेतृत्वको जिम्मेवारी दिएको हो।
निर्वाचन समितिका प्रमुख प्रकाश रसाइली स्नेहीले सांसदहरूको एकमत निर्णयबाट आङ्देम्बे चयन भएको जानकारी दिएका छन्।
६१ वर्षीय आङ्देम्बे पाँचथरका निवासी हुन् र समानुपातिकतर्फबाट प्रतिनिधित्व गर्दै आएका छन्। उनी पार्टीका निवर्तमान सहमहामन्त्री समेत हुन्।
सभापति गगन थापाले आङ्देम्बेलाई औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका छन्।



















