काठमाडौँ । काठमाडौं महानगरपालिकाले गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ। विगत दुई दिन राति अबेरसम्म चलेको अभियान पूरा नभएकाले सोमबारदेखि फेरि भत्काउने कार्य सुरु गरिएको हो।
महानगर प्रहरी प्रमुख विष्णु जोशीले अझै धेरै घरहरू हटाउन बाँकी रहेको जानकारी दिँदै कामलाई तीव्र बनाइएको बताए। शनिबार र आइतबार केही ठूला संरचना हटाइए पनि काम अधुरै रहेको उनले उल्लेख गरे।
दर्जनौँ स्थायी घरहरू रहेकाले अभियान चुनौतीपूर्ण बनेको छ। हाल डोजर र हेभी उपकरणको प्रयोग गरी निरन्तर रूपमा भत्काउने कार्य भइरहेको छ।



















