मंगलबार, बैशाख १५, २०८३
नेकपाले ९ प्रदेशका इन्चार्ज टुंग्यायो, कार्यविभाजनमा असन्तुष्टि कायम

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भूगोलका सात र गैर–भूगोलका दुई गरी कुल ९ प्रदेशका इन्चार्ज तोकेको छ। सोमबार गरिएको कार्यविभाजनमा पूर्व माओवादीभन्दा पूर्व एकीकृत समाजवादी (एस) पृष्ठभूमिका नेताले बढी जिम्मेवारी पाएको देखिएको छ।

भूगोलका सात प्रदेशमध्ये गण्डकी र लुम्बिनीमा मात्रै पूर्व माओवादी पृष्ठभूमिका नेता इन्चार्ज बनेका छन् भने बाँकी पाँच प्रदेशमा पूर्व एस र अन्य दलबाट आएका नेताहरूलाई जिम्मेवारी दिइएको छ। कोशी, बागमती र कर्णालीमा पूर्व एस समूहका नेता इन्चार्ज बनेका छन्। सुदूरपश्चिममा डा. भीम रावल र मधेसमा महिन्द्र राय यादवलाई जिम्मेवारी दिइएको छ।

निर्णयअनुसार कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राई, मधेसको महिन्द्र राय यादव (सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराई), बागमतीको डा. गङ्गालाल तुलाधर, गण्डकीको श्रीनाथ बराल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्रबहादुर शाही र सुदूरपश्चिमको डा. भीम रावल रहेका छन्।

यस्तै, उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्ज यशोदा सुवेदी तोकिएका छन्।

तर केन्द्रीय संयोजन समितिको बैठकमा अन्य महत्वपूर्ण पद बाँडफाँटमा भने सहमति जुट्न सकेन। शीर्ष नेताहरूबीच विवाद हुँदा बैठक निर्णयविहीन बनेको छ। सङ्गठन विभाग प्रमुखमा वर्षमान पुन चयन भएपछि वामदेव गौतमले असन्तुष्टि जनाएका छन् भने विदेश विभाग प्रमुखका लागि झलनाथ खनालको दाबी रहेको बताइएको छ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। साथै, संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल पनि गठन गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय