काठमाडौँ । पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा काठमाडौँमा पर्यटन क्षेत्रमा चुनौती थपिएको छ।
गोँगबुमा नयाँ बसपार्क सञ्चालनमा भए पनि पर्यटक लक्षित सवारीका लागि आवश्यक पूर्वाधार अभाव देखिएको हो।
दैनिक हजारौँ पर्यटक सोह्रखुट्टे सडकबाट यात्रा गर्न बाध्य हुँदा यातायात व्यवस्थापनमा समस्या देखिएको छ। २०७५ सालअघि कान्तिपथबाट सञ्चालन हुँदै आएका बसहरू अहिले सोही क्षेत्र नजिकैको सोह्रखुट्टे सडकमा पार्किङ गरेर सञ्चालन भइरहेका छन्।
टिवानका प्रतिनिधिहरूले विभिन्न स्थान प्रस्ताव गरे पनि सरकार र सरोकारवाला निकायबाट ठोस पहल नभएको बताइएको छ। यसले पर्यटकमै नकारात्मक प्रभाव पारिरहेको सरोकारवालाको भनाइ छ।



















