काठमाडौँ । स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग भएको खुलासा भएपछि मन्त्री निशा मेहताले छानबिनका लागि निर्देशन दिएकी छन्।
जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा कर्मचारीहरूले इन्धन लिइरहेको पाइएको छ। यस विषयमा मन्त्री मेहताले प्रशासन सचिव डिल्लीराम शर्मालाई सत्यतथ्य पत्ता लगाउन जिम्मेवारी दिएकी हुन्।
मन्त्रालयका १८ र अन्य निकायका ६ गरी कुल २४ वटा सवारी साधन पूर्ण रूपमा नष्ट भए पनि तिनको नाम प्रयोग गरेर इन्धन सुविधा लिइएको देखिएको छ।



















