काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ।
सरकारले मंगलबार दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्यसको विरोध बढेपछि सभापति लामिछानेले सांसदहरूसँग छलफल गर्न बैठक बोलाएका हुन्। संसद छलेर अध्यादेश ल्याएको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ।



















