काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन्।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको मात्रा घटेपछि उनलाई ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना गरिएको हो।
उपसभामुखको स्वास्थ्य समस्या कारण श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी हुन नसकेको पनि जनाइएको छ।



















