मंगलबार, भाद्र ०२, २०८३
सबैको अन्तर्मनमा करुणाको दीप बलोस् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्‍याउने बुद्धका शिक्षा आजको विश्वमा अझै सान्दर्भिक रहेको बताएका छन्।

ओलीले बुद्धको जन्म, बोध प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको ऐतिहासिक दिनको स्मरण गर्दै करिब २६५० वर्षअघि मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गरेका छन्। साथै, करिब २५७० वर्षअघि यही दिन बुद्ध महापरिनिर्वाणमा विलीन भएको पनि उनले स्मरण गरेका छन्।

उनले नेपालसहित विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव कायम होस् भन्ने कामना व्यक्त गर्दै भनेका छन्, “सबैको अन्तर्मनमा करुणाको दीप बलोस्।”

सिफारिस

ताजा समाचार

लोकप्रिय