काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले साँचो क्रान्ति ‘क’बाट नभई ‘ज्ञ’ अर्थात् ज्ञानबाट सुरु हुने बताउनुभएको छ।
२५७०औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले ज्ञान नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री शाहले भगवान बुद्धको शिक्षाले मानव जीवनमा दुःखको कारण, समाधान र मार्ग देखाएको बताउँदै ज्ञानको उज्यालोबाटै समस्या समाधान सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले बुद्ध जयन्तीको अवसरमा विश्वशान्तिको कामना पनि गर्नुभएको छ।



















