काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। अप्रिल १७ मा रिलिज भएको फिल्मले १४ दिनमा विश्वभर कुल २०४.४० करोड भारु कमाइ गरेको छ।
घरेलु बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ। अहिलेसम्म ओभरसिज मार्केटबाट मात्रै करिब ५२.२५ करोड रुपैयाँ संकलन भएको निर्माण पक्षले जनाएको छ।
क्षेत्रगत रूपमा हेर्दा गल्फ देशहरूमा फिल्मले सबैभन्दा बढी ११.२५ करोड भारु कमाएको छ। त्यस्तै अमेरिकामा ८.१२ करोड, बेलायतमा ४.३७ करोड, अष्ट्रेलियामा २.०८ करोड, नेपालमा १.०४ करोड र अन्य देशहरूमा २.९१ करोड रुपैयाँको व्यापार गरेको छ।
निर्माण टिमका अनुसार सिनेमाघरमा प्रदर्शनपछि फिल्म नेटफ्लिक्समा पनि रिलिज गरिनेछ।



















