काठमाडौँ । रोल्पामा भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएपछि सरकारले सडक सुरक्षामा सुधार गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
थवाङ गाउँपालिका–१ सल्यापमा भएको उक्त घटनापछि सरकारले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा ल्याउने स्पष्ट पारेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयले गठन गरेको समितिको निष्कर्षलाई तुरुन्त लागू गरिने उल्लेख गरिएको छ। समितिको समयावधि आज समाप्त हुँदैछ।
सरकारले सडक दुर्घटनालाई गम्भीर सामाजिक समस्या मानेर यसमा रहेका कमजोरी सुधार्न आवश्यक कदम चाल्ने जनाएको छ।



















