काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा वर्तमान सरकारले लिएको अडानको समर्थन गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै छिमेकी राष्ट्रहरूको प्रतिक्रिया र नेपालको कूटनीतिक प्रयासबारे टिप्पणी गरेका हुन्।
बास्कोटाले सीमा विवादमा भारतले पुरानै धारणा दोहोर्याउने र चीनले यो आफ्नो मुद्दा नभएको भन्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै, कूटनीतिमा कसले के बोल्यो वा नबोल्यो भन्ने बहसभन्दा परिणाममुखी पहल महत्वपूर्ण हुने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई उनले विशेष रूपमा अर्थपूर्ण भन्दै, उक्त भ्रमणका क्रममा नेपालको सीमा अडान कसरी प्रस्तुत हुन्छ र त्यसको नतिजा के हुन्छ भन्ने विषय निर्णायक हुने बताएका छन्।



















