मंगलबार, बैशाख २२, २०८३
बिपी राजमार्गमा राति ५ देखि बिहान ५ बजेसम्म आवागमन रोक

काभ्रे । लगातारको वर्षा र सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले बिपी राजमार्गमा रातिको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

समितिको बैठकले आजैबाट लागू हुने गरी साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि रातिको सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमार्फत जारी सूचनाअनुसार बिपी राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई अनिवार्य रूपमा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।

सुरक्षा निकायले लगातारको मौसम प्रतिकूलता, पहिरो तथा सडक अवरोधको जोखिम बढेकाले यात्रामा विशेष सावधानी अपनाउन अनुरोध गरेको जनाएको छ । प्रशासनले अत्यावश्यक बाहेक रातिको समयमा यात्रा नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय