मंगलबार, बैशाख २२, २०८३
सरकारी कुरियर सेवाको विस्तार: हजारौँ नागरिकलाई घरमै सेवा सुविधा

काठमाडौँ । सरकारले हुलाक सेवालाई प्रयोग गर्दै सरकारी कागजात घरमै पुर्‍याउने सेवा सुरु गरेको छ। हालसम्म १९ जिल्लामा यो सुविधा विस्तार भइसकेको छ।

यसअन्तर्गत राहदानी, लाइसेन्स र शैक्षिक प्रमाणपत्रजस्ता कागजात घरमै वितरण हुन थालेका छन्। हालसम्म हजारौँ राहदानी ढुवानी भइसकेका छन् भने सयौँ नागरिकले घरमै सेवा पाएका छन्।

सरकारले यो सेवालाई देशभर विस्तार गर्ने तयारी गरिरहेको छ, जसले नागरिकलाई सरकारी कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्त बनाउने अपेक्षा गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय