काठमाडौँ । संविधान संशोधन प्रक्रियालाई अघि बढाउने प्रयासस्वरूप गठित कार्यदलले सरोकारवालासँग परामर्श सुरु गरेको छ। सोही क्रममा आज पूर्वमहान्यायाधिवक्ताहरूसँग विशेष छलफल गर्न लागिएको हो।
प्रधानमन्त्री कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने छलफलमा संविधान संशोधनका विभिन्न पक्षबारे सुझाव संकलन गरिनेछ।
असिम शाहको संयोजकत्वमा गठित कार्यदलले कानुनी तथा संवैधानिक विज्ञहरूको धारणा समेटेर बहसपत्र तयार गर्ने तयारी गरेको छ।



















