बिहिबार, बैशाख २४, २०८३
गोकुल बाँस्कोटाको सुझाव : तीन तह खारेज गरी दुई तह सरकारको प्रस्ताव

काठमाडौँ । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधनका लागि सातवटा सुझाव प्रस्तुत गरेका छन् ।

उनले नेपालमा हालको तीन तहको सरकार आवश्यक नरहेको भन्दै केन्द्र र पालिका गरी दुई तहको शासन व्यवस्था उपयुक्त हुने धारणा राखेका छन् । साथै राष्ट्रियसभालाई १०५ सदस्यीय बनाएर महिला–पुरुष समान ५०–५० प्रतिशत समावेशी बनाउने प्रस्ताव पनि गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले रास्वपा नेतृत्वको सरकारलाई लक्षित गर्दै आफ्ना सुझाव सार्वजनिक गरेका हुन् । बाँस्कोटाले प्रतिनिधिसभामा समानुपातिक प्रणाली खारेज गरी महिला–पुरुष ४०–६० प्रतिशत प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

उनका अनुसार उपराष्ट्रपति नै राष्ट्रियसभाको सभाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने तथा जिल्ला समन्वय समिति (जिसस) आवश्यक नरहेको व्यवस्था गर्नुपर्ने सुझाव पनि समावेश छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय