बिहिबार, बैशाख २४, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा ३४ वर्षपछि ठूलो सुधार, ९७७ नयाँ स्थायी दरबन्दी स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे तीन दशकपछि स्वास्थ्य क्षेत्रमा ठूलो संरचनात्मक सुधार अघि बढाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवाका लागि ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएको छ ।

स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा अघि बढाइएको यो प्रस्ताव अब मन्त्रिपरिषद्बाट अन्तिम निर्णय हुने चरणमा पुगेको मन्त्रालय स्रोतले जनाएको छ । प्रस्ताव पारित भएमा ३४ वर्षपछि स्वास्थ्य क्षेत्रमा यति ठूलो संख्यामा स्थायी दरबन्दी थपिनेछ ।

मन्त्रालयका अनुसार नेपालको स्वास्थ्य संरचना र दरबन्दी अन्तिमपटक वि.सं. २०४८ मा निर्धारण गरिएको थियो । त्यसबेला देशको जनसंख्या करिब एक करोड ८० लाख रहेकोमा अहिले करिब तीन करोड पुगेको छ । तर, पुरानै दरबन्दी संरचनाका कारण अस्पताल तथा स्वास्थ्य संस्थामा जनशक्ति अभाव देखिँदै आएको मन्त्रालयले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय