शुक्रबार, बैशाख २५, २०८३
आमा–छोरीको कथामा आधारित लालीबजार हलमा

काठमाडौँ । लालीबजार ले आजदेखि औपचारिक प्रदर्शन सुरु गरेको छ ।

अदालतको अल्पकालीन अन्तरिम आदेश खारेज भएसँगै चलचित्र हलमा रिलिज गरिएको हो ।

षट्कोण आर्टस्‌द्वारा निर्माण गरिएको चलचित्रमा आमा र छोरीको सम्बन्ध, पारिवारिक भावना र सङ्घर्षलाई मुख्य कथावस्तु बनाइएको छ ।

निर्देशक यम थापा ले चलचित्र सबै परिवारले सँगै बसेर हेर्न मिल्ने गरी तयार गरिएको बताउनुभयो ।

चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गर्नुभएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय