काठमाडौँ । ‘कुटुमा कुटु गर्ल’ भनेर परिचित स्वस्तिमा खड्का ले आफूलाई केवल सुन्दरी अभिनेत्रीमा सीमित नराखी फरक–फरक चरित्रमा स्थापित गर्नुभएको छ ।
बुलबुल र चिसो मान्छे जस्ता चलचित्रमार्फत अभिनय क्षमता प्रमाणित गरेकी उहाँ अहिले लालीबजार मार्फत दर्शकमाझ आउनुभएको छ । चलचित्रमा उहाँले वादी समुदायकी आमाको भूमिका निभाउनुभएको छ ।
स्वस्तिमाले उक्त पात्रका लागि समुदायका महिलासँग प्रत्यक्ष भेटघाट गरेर अनुसन्धान गरेको बताउनुभयो । उहाँका अनुसार चलचित्रले वादी समुदायका महिलाको बाध्यता, विवशता र सङ्घर्षलाई संवेदनशील ढङ्गले प्रस्तुत गरेको छ ।



















