आइतबार, बैशाख २७, २०८३
काभ्रेमा ‘स्पिड कन्ट्रोल’ अभियान: लिडार गनसहित ट्राफिक प्रहरी सडकमा

काभ्रे । जिल्लामा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले तिब्र गति नियन्त्रण अभियानलाई तीव्रता दिएको छ।

काभ्रे ट्राफिक कार्यालय तथा मातहतका ट्राफिक युनिटहरूले लिडार गन प्रयोग गरी सवारी साधनको गति चेकजाँच गर्दै चालकहरूलाई ट्राफिक सचेतना प्रदान गरेका हुन्। विशेषगरी मोटरसाइकलसहित सार्वजनिक तथा निजी सवारी चालकलाई अत्यधिक गति दुर्घटनाको मुख्य कारण बन्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुका अनुसार दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा सुनिश्चित तथा चालकमा जिम्मेवार सवारी संस्कार विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। ट्राफिक प्रहरीले सबै सवारी चालकलाई निर्धारित गति सीमाभित्र रहेर सवारी चलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय