काठमाडौँ । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्ष २०८३/०८४ को सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले राष्ट्रपति Ramchandra Paudelमार्फत संसद्मा प्रस्तुत गरिने नीति कार्यक्रम पारित गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोख्रेलले संविधानको व्यवस्था अनुसार राष्ट्रपति पौडेलले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने जानकारी दिनुभयो ।



















