मंगलबार, बैशाख २९, २०८३
एआई र डिजिटल प्रविधिमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले डिजिटल पूर्वाधार विस्तार र डिजिटल सुशासनलाई प्राथमिकता दिएको छ ।

राष्ट्रपति Ramchandra Paudelले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा जी–क्लाउड, डाटा नीति र डिजिटल रणनीति कार्यान्वयनका लागि आवश्यक संरचना विकास गरिने बताइएको छ ।

सरकारले दूरसञ्चार क्षेत्रमा नवीन प्रविधिको विस्तार, रेडियो फ्रिक्वेन्सी व्यवस्थापन र साइबर सुरक्षालाई सुदृढ बनाउने नीति लिएको छ ।

दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तार गरी डिजिटल विभेद कम गर्ने लक्ष्य पनि कार्यक्रममा समेटिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय