काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्य सेवा थप प्रभावकारी र नागरिकमैत्री बनाउने नीति अघि सारेको छ ।
राष्ट्रपति Ramchandra Paudelले स्वास्थ्य बिमा कार्यक्रम पुनःसंरचना गरिने तथा स्वास्थ्य सेवाको लागत प्रभावकारी बनाइने घोषणा गर्नुभयो ।
सरकारले ‘टेलिहेल्थ’ सेवा विस्तार गरी दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श उपलब्ध गराउने जनाएको छ ।
रोग निगरानी र नियन्त्रणका लागि ‘सेन्टर फर डिजिटल कन्ट्रोल’ स्थापना तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायोजन प्राधिकरण गठन गरिने नीति पनि कार्यक्रममा समेटिएको छ ।



















