मंगलबार, बैशाख २९, २०८३
सांसदहरूले सरकारको ध्यानाकर्षण गराए : डुबान, सुरक्षा र सुकुम्बासी समस्या प्रमुख

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले बाढीपहिरो, डुबान, सुरक्षा, शिक्षा, स्वास्थ्य तथा सुकुम्बासी व्यवस्थापनलगायत विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद Rajesh Kumar Chaudhary ले रौतहट जिल्ला चारैतिर नदीले घेरिएको उल्लेख गर्दै हरेक वर्ष सदरमुकाम डुबानमा पर्ने र ठूलो धनजनको क्षति हुने भएकाले समयमै रोकथामका उपाय अपनाउन सरकारसँग माग गरे ।

सांसद Radhika Ramtel ले सुर्खेतकी १६ वर्षीया एनिसा विकको बलात्कारपछि हत्या तथा सिन्धुलीका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दलित तथा कमजोर समुदायको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने बताइन् ।

सांसद Ram Binod Yadav ले धनुषा क्षेत्र नम्बर २ मा कमला नदीको कटान र डुबानका कारण स्थानीयवासी वर्षौंदेखि पीडित रहेको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य सेवाको अभावप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद Rigla Yadav ले पर्याप्त तयारीबिना सुकुम्बासी बस्ती हटाउने कार्य भइरहेको भन्दै प्रभावित परिवारलाई उचित आवासको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद Rima Bishwakarma ले सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको प्रहरी हिरासतमा मृत्यु भएको १८ दिन बितिसक्दा पनि न्याय नपाइएको बताउँदै हिरासतभित्र हुने अधिकांश मृत्युलाई आत्महत्या भनेर पन्छाउन नहुने धारणा राखिन् ।

सांसद Rupesh Ranjit ले भक्तपुरमा खोप विश्वविद्यालय र वीर अस्पताल निर्माणको काम अघि बढाउन तथा मापदण्डविपरीत सञ्चालन भएका इँटाभट्टा तत्काल बन्द गर्न सरकारसँग माग गरे ।

सांसद Rubina Acharya ले आगामी आर्थिक वर्षको बजेट आवश्यकताका आधारमा विनियोजन गर्नुपर्ने बताउँदै वर्षायाममा हुने बाढीपहिरो र डुबानबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको उल्लेख गरिन् ।

त्यस्तै, सांसद Rekha Kumari Yadav ले सुकुम्बासी बस्ती हटाउनुभन्दा पहिले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् भने सांसद Bidushi Rana ले उद्योग र उत्पादन क्षेत्रलाई प्राथमिकता दिन सडक तथा ढुवानी व्यवस्थापन सुधार गर्न सरकारसँग आग्रह गरिन् ।

सांसद Bina Gurung ले पोखरास्थित Phewa Lake को संरक्षण गर्दै लालपुर्जा भएका स्थानीयलाई मुआब्जा दिन र लामो समयदेखि माछा व्यवसाय गर्दै आएका जलारी समुदायको उचित व्यवस्थापन गर्न माग गरिन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय