बिहिबार, बैशाख ३१, २०८३
काभ्रेमा ‘लापसे’ गरेर सवारी चलाउने चालक धमाधम नियन्त्रणमा

काभ्रे । काभ्रेमा लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालकहरू धमाधम पक्राउ पर्न थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको सक्रियतामा गरिएको विशेष चेकजाँच अभियानमा ३ जना चालक पक्राउ परेका हुन् ।

अरनिको राजमार्ग अन्तर्गत बनेपा–८ स्थित डि मोडन पेट्रोल पम्प अगाडि सडक अनुशासन कायम गर्ने, सवारी दुर्घटना न्युनिकरण तथा रोकथाम गर्ने उद्देश्यले चालकहरूको ‘लागुपदार्थ सेवन (लापसे)’ परीक्षण गरिएको थियो ।

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार कुल ३० जना चालकको परीक्षण गरिएकोमा ३ जनाले लागुपदार्थ सेवन गरेको पुष्टि भएको छ । तीमध्ये ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले सवारी चालकले लागुपदार्थ सेवन गरेर सवारी चलाउनु कानुन विपरीत र दण्डनीय कार्य भएको बताए । उनले यस्तो गतिविधिले दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले आगामी दिनमा पनि कडाइका साथ अभियान सञ्चालन गरिने जानकारी दिए ।

उक्त परीक्षण अभियान शीर मेमोरियल अस्पताल बनेपा को प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय