शुक्रबार, जेठ ०१, २०८३
सांसदहरूको सुझाव : पर्यटन, सुशासन र आर्थिक रूपान्तरणलाई प्राथमिकता दिन माग

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आज व्यापक छलफल भएको छ ।

सांसदहरूले संशोधन प्रस्ताव प्रस्तुत गर्दै कृषिको व्यावसायिकीकरण, पर्यटन विकास, रोजगारी सिर्जना र सामाजिक न्यायका विषयलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

३५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसद पद्माकुमारी अर्यालले विगतका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिन खोजिएको भए पनि ती पर्याप्त नभएको टिप्पणी गर्नुभयो ।

कृपाराम रानाले सुकुमवासीको समस्या समाधान र कृषिलाई व्यवसायिक बनाउने कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

सांसद गङ्गादेवी श्रेष्ठले पुराना तथा प्रदूषण फैलाउने सवारी साधन हटाउन माग गर्नुभयो भने डा पुष्पराज कँडेलले कर्मचारीको तलब वृद्धि र योजनाबद्ध आर्थिक विकासमा जोड दिनुभयो ।

यस्तै सांसद बलावती शर्माले महिलामा देखिने पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसदहरूले कर्णालीको विकास, श्रमिक अधिकार, रुग्ण उद्योग सञ्चालन तथा दलित र दुर्गम क्षेत्रका महिलाको हकअधिकारलाई पनि नीति तथा कार्यक्रममा समेट्न आग्रह गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय