काठमाडौँ । काठमाडौं विश्वविद्यालयका प्राडा. ऋषिकेश वाग्लेले निमित्त उपकुलपतिका रूपमा पदभार ग्रहण गरेका छन् ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह (बालेन)ले बुधबार अर्को उपकुलपति नियुक्त नभएसम्मका लागि वाग्लेलाई उपकुलपतिमा मनोनीत गरेका थिए ।
मनोनीत भएको पत्र प्राप्त गरेपछि वाग्ले बिहीबार धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि उनले विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया सहजीकरण गर्ने तथा प्रशासनिक र शैक्षिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि अध्यादेशमार्फत उपकुलपति डा. अच्युत वाग्लेसहित पदाधिकारी पदमुक्त भएपछि परीक्षा नियन्त्रक रहेका ऋषिकेश वाग्लेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।



















