सोमबार, जेठ ०४, २०८३
कीर्तिपुरमा नेपाल–स्कटल्याण्ड भिडन्त, घरेलु टोली लगातार दोस्रो जितको खोजीमा

काठमाडौँ । नेपाल र स्कटल्याण्डबीच आज International Cricket Council क्रिकेट विश्वकप लिग–२ अन्तर्गत महत्वपूर्ण खेल हुँदैछ ।

कीर्तिपुरस्थित Tribhuvan University International Cricket Ground मा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् ।

हालसम्म भएका तीन खेलमध्ये स्कटल्याण्डले आफ्ना दुवै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।

स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा दुई रनले पराजित गरेको थियो भने अमेरिकामाथि पनि समान दुई रनको रोमाञ्चक जित निकालेको थियो ।

नेपालले भने शनिबार अमेरिकाविरुद्ध शानदार प्रदर्शन गर्दै नौ विकेटको सहज जित हासिल गरेको थियो ।

त्यसैले आजको खेलमा घरेलु टोली नेपाल स्कटल्याण्डसँगको अघिल्लो हारको बदला लिँदै ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावनालाई कायम राख्न चाहन्छ ।

लिग–२ को अङ्क तालिकामा नेपाल हाल सातौँ स्थानमा रहेको छ । २६ खेल खेलेको नेपालले नौ जित, १५ हार र दुई खेल अनिर्णित हुँदा २० अङ्क जोडेको छ । एकदिवसीय मान्यता जोगाउन नेपाल शीर्ष ६ भित्र रहनुपर्ने दबाबमा छ भने विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न बाँकी १० खेल जित्नुपर्ने चुनौती पनि रहेको छ ।

यता स्कटल्याण्ड भने तालिकाको शीर्ष स्थानमा मजबुत अवस्थामा छ । ३० खेलमध्ये १६ जित, आठ हार र छ खेल अनिर्णित हुँदा स्कटल्याण्डले ३८ अङ्क जोडेको छ । त्यसैले आजको प्रतिस्पर्धा नेपालका लागि ‘गर या मर’ जस्तै महत्वपूर्ण मानिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय