बुधबार, जेठ ०६, २०८३
डीआईजी अञ्जनी कुमार पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयका अनुसार यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिसप्रति चित्त नबुझेमा सम्बन्धित व्यक्तिले उजुरी दिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ । सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी वा निवेदन दर्ता गरिसक्नुपर्नेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय