बुधबार, जेठ ०६, २०८३
नेपाल राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ निक्षेप संकलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले ९१ दिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत रकम तान्न लागेको हो ।

यसअघि जेठ १ गते ४२ दिन अवधिको लागि ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरिएको थियो ।

राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७९ खर्ब ७२ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तर कर्जाको माग न्यून भएकाले प्रणालीमा लगानीयोग्य रकम (तरलता) अझै बढी रहेको छ, जसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले नियमित रूपमा यस्ता उपकरण प्रयोग गर्दै आएको छ ।

आज दिउँसो हुने बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ र यसको सावाँ तथा ब्याज २०८३ भदौ ३ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन प्रक्रिया ब्याजदरका आधारमा बोलकबोलमार्फत हुनेछ, जसमा बहुब्याजदरमा पनि सहभागी हुन सकिने व्यवस्था गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय