बुधबार, जेठ ०६, २०८३
निर्मला कुर्मी प्रकरणमा निष्पक्ष अनुसन्धान गर्ने सरकारी प्रतिबद्धता

काठमाडौँ । अधिकारकर्मी रूबी खानले २३ दिनदेखि जारी राख्नुभएको अनशन सरकारसँग भएको पाँचबुँदे सहमतिपछि अन्त्य गर्नुभएको छ ।

निर्मला कुर्मीको न्यायको माग गर्दै गरिएको अनशन नेपालगन्ज अस्पतालमा जारी थियो ।

सरकारले निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा भएका अनुसन्धानको पुनः अध्ययन गरी छिट्टै न्यायिक प्रक्रिया अघि बढाउने सहमति गरेको छ ।

साथै, खानले उठाउनुभएका अन्य घटनाको अनुसन्धान लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट गराइने बताइएको छ ।

खानविरुद्ध दर्ता गरिएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दाको अनुसन्धान पनि तत्काल टुङ्ग्याइने सहमति भएको छ । महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने विषय पनि सहमतिपत्रमा समेटिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय