बुधबार, जेठ ०६, २०८३
विश्वकप लिग–२ मा अमेरिकाको शानदार जीत

काठमाडौँ । विश्वकप लिग–२ अन्तर्गतको खेलमा अमेरिकाले स्कटल्याण्डमाथि प्रभावशाली जित निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको प्रतिस्पर्धामा अमेरिकाले स्कटल्याण्डलाई ६ विकेटले हराएको हो ।

स्कटल्याण्डले दिएको १६९ रनको लक्ष्य अमेरिकाले २७.१ ओभरमै पूरा गर्यो ।

अमेरिकाको जितमा स्मित पटेल र शाहन जाहाँगिरले समान ३७ रनको योगदान दिए । कप्तान साइतेजा मुक्कामल्लाले ३५ रन बनाए ।

स्कटल्याण्डका लागि मार्क वाटले ६६ रन बनाए पनि टोलीलाई ठूलो स्कोरतर्फ लैजान सकेनन् ।

बलिङतर्फ अमेरिकाका रुशिल उगारकरले चार विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । जितसँगै अमेरिका ३८ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय