काठमाडौँ । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उल्लेख्य सुधार आएको छ । नेप्से ३० अङ्कभन्दा बढीले बढ्दै दुई हजार ७५४ दशमलव ४८ बिन्दुमा पुगेको हो ।
आजको कारोबारमा एक करोडभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम रु तीन अर्ब ८२ करोडभन्दा बढी पुगेको छ । सेन्सेटिभ परिसूचक पनि बढेर ४७१ दशमलव ०६ बिन्दुमा कायम भएको छ ।
कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा अगाडि रहँदा आँखुखोला हाइड्रोपावर र अपि पावर कम्पनी पनि सक्रिय कारोबार हुने कम्पनीमा परे । यता कर्पोरेट डेभलपमेन्ट बैंक, एसबिएल डिवेञ्चर र प्राइम डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक घाटा बेहोरे ।



















