काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको छ ।
प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले जिल्ला प्रहरी कार्यालय पर्सालगायत निकायलाई बाटाको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
अदालतले आगामी सुनुवाइमा महान्यायाधिवक्ता कार्यालयमार्फत प्रसाईंमाथि भइरहेको अनुसन्धानको फाइल पनि पेश गर्न आदेश दिएको छ । प्रसाईं सोमबार राति पक्राउ परेका थिए ।



















