बिहिबार, जेठ ०७, २०८३
पेट्रोलियम मूल्यवृद्धिले जनजीवन प्रभावित, मल अभाव तत्काल समाधान गर्न पद्मा अर्यालको माग

काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको बताएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चर्को महँगी र मल अभावले आम नागरिक तथा किसानहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

अर्यालले सङ्कटको समयमा राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भए पनि सरकार नाफामुखी शैलीमा अघि बढिरहेको टिप्पणी गरिन्। उनले बजारमा आम्दानी घट्दै गएको र खर्च बढ्दै गएको भन्दै नागरिकहरू थप मारमा परेको उल्लेख गरिन्।

धान रोपाइँको समय सुरु भइसके पनि किसानले मल नपाएको भन्दै उनले तत्काल मलको सहज व्यवस्था गर्न सरकारसँग माग गरिन्। “किसानको हातमा बीउ छ, आकाशमा बादल छ, तर खेतमा हाल्ने मल छैन,” भन्दै उनले हरेक वर्ष रोपाइँकै समयमा मल अभाव हुनु सरकारको योजना अभाव र कमजोरी भएको बताइन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय