बिहिबार, जेठ ०७, २०८३
दार्चुलामा चौलानी नदीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

काठमाडौँ । दार्चुलामा चौलानी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो विद्यालयबाट फर्किने क्रममा नुहाउन गएका मार्मा गाउँपालिका–४ का ६ वर्षीय डम्बर सिंह धामी नदीमा डुबेका थिए। प्रहरीका अनुसार उनी तपोवन माध्यमिक विद्यालयमा अध्ययनरत थिए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले नदीमा डुबेर बेपत्ता भएका धामीको शव फेला परेको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय