बिहिबार, जेठ ०७, २०८३
पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु, दर्जन बढी बिरामी

काठमाडौँ । पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी व्यक्ति बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीम भट्टराईका अनुसार रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको जंगली च्याउ सेवनपछि उपचारका क्रममा मृत्यु भएको हो।

च्याउ खाएर बिरामी परेका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको थियो।

प्रहरीका अनुसार घटनामा अन्य दर्जनभन्दा बढी व्यक्ति बिरामी परेका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय